मिश्र पक्षबाट राप्रपा केन्द्रीय समितिमा थपिए ४० जना, शरदराज पाठक महामन्त्री (सूचीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा रवीन्द्र मिश्र पक्षबाट केन्द्रीय समितिमा ४० जना थपिएका छन् । आज (बिहीबार) राप्रपामा मिश्र पक्षबाट केन्द्रीय समितिमा ४० जना थपिएका हुन् ।

त्यस्तै राप्रपाको महामन्त्रीमा शरदराज पाठक चयन भएका छन् । राप्रपामा यसअघि नै ५ जना महामन्त्री थिए । पाठक थपिएसँगै राप्रपामा महामन्त्रीको संख्या ७ पुगेको छ । राप्रपाको महामन्त्रीमा शरदराज पाठकसहित धवलशमशेर जबरा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद प्रसाद रहेका छन् ।



त्यस्तै मिश्र पक्षबाट केन्द्रीय कार्यसम्पादन समितिमा निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्ण बहादुर शाही, नारायण कोइराला, शरदराज पाठक, रवीन्द्र मिश्र मनोनित भएका छन् भने सहमहामन्त्रीमा उज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनी चयन भएका छन्।

यस्तै सहायक महामन्त्रीमा हरिकृष्ण अधिकारी र सौरेन्द्रबहादुर शाह मनोनीत हुँदा केन्द्रीय सदस्यहरूमा अर्जुनप्रसाद खनाल, हरिप्रसाद गौतम, उद्धवप्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीपकप्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मणराज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुषाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ, राजु बस्याल केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

सम्बन्धित समाचार