एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय

नेकपा एमालेको सचिवालय बैठकले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । बिहीबार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठक यस्तो निर्णय गरेको हो ।

बैठकले निर्वाचनको जनादेशअनुसार विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । समसामुयिक राजनीतिक विषयमा केन्द्रित रहेको बैठकले निर्वाचनको जनादेशअनुसार पार्टीले भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको ओलीको सचिवालयले जानकारी दिएको छ ।



त्यस्तै बैठकमा सरकार गठन र संसदमा एमालेको भूमिकाका विषयमा समेत छलफल भएको थियो ।

सम्बन्धित समाचार