नवकान्तिपुर संवाददाता
काठमाडौं, १० पुस ।
आज क्रिसमस डे अर्थातर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिन । यसै दिनको सम्झनामा आज विश्वभर यस समुदायले क्रिसमस डे मनाउँदैछन् । क्रिश्चियन धर्मका अनुयायीहरू आजको दिनलाई प्रेम दिवश, शान्ति दिवश र मुक्ति दिवशका रूपमा मनाउने गर्छन् ।
येशु ख्रीष्टको जन्म आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलमा भएको थियो ।
पछिल्लो समयमा नेपालका ठूला सहरका प्रमुख स्थल, सुपर स्टोर तथा होटल–रेष्टुरेण्टहरूमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको बताइन्छ ।