नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस २५ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजे बस्ने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।
‘राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९/९/११ को सिफारिसमा संवत् २०७९ साल पुस २५ गते सोमबारका दिन दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै अधिवेशन आह्वान गर्नुभएको छ ‘ राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
विज्ञप्ति