नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
आज(शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्ड समक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाईपत्र हस्तान्तरण गरेका थिए ।