नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सरकारको न्युनतम साझा कार्यक्रम बनाउने कार्यदलले सरकारमा सामेल सबै दलहरूबाट सुझाव संकलन गर्न आरम्भ गरेको छ । गठबन्धनका सबै दलहरूबाट सुझाव संकलन गरेर न्युनतम साझा कार्यक्रमको मस्यौदा लेखन आरम्भ गर्ने जनाइएको छ ।
कार्यदलको पहिलो बैठक पु्स १६ गते अर्थमन्त्रालयमा बसेको थियो । पु्स १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सहभागिता रहेको छ ।
पुस २६ मा प्रचण्ड सरकारले विश्वासको मत लिएलगत्तै न्युनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सातदलीय सरकारको मार्गचित्र र आयु पनि यसै कार्यक्रमले निर्धारण गर्ने छ ।