राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन भनेपछि…

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर पार्टी सरकारमा नजाने बताएका छन् । बुधबार एक ट्विट गर्दै उनले यस्त्तो बताएका हुन् ।

सत्ता साझेदार दलले भाग मिलाउन संघीय सरकारका मन्त्रालय फुटाउने चर्चा भइरहेका बेला राप्रपा अध्यक्ष लिङ्देनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको संख्या बढाइने भन्ने हल्ला निराधार भएको भन्दै मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने बताएका छन् ।



यद्यपि बुधबार बसेको सत्ता साझेदारको बैठकले मन्त्रालयको संख्या नबढाइने निर्णय गरेको छ । अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको संख्या बढाइने भन्ने हल्ला निराधार हो । मन्त्रालयको सँख्या बढाएर राप्रपा सरकारमा जाँदैन ।’

 

 

सम्बन्धित समाचार