अर्थमन्त्री पौडेलले विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भनेपछि…

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । आज (शुक्रबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताए । अर्थमन्त्री पौडेलले सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान गर्न गतिशील ढङ्गले काम अगाडि बढाउने विश्वास दिलाए । उनले सरकारले विश्वासको मत लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाग्नुभएको जानकारी दिए ।



उनले भने, ‘हामी केही महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौँ । सरकार गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई पूर्णता दिने प्रक्रियामा हुनुहुन्छ । पुस २६ गते सरकारले संसदमा विश्वासको मत लिने कार्यक्रम छ । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै मन्त्रिपरिषद् राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यमा केन्द्रित भएर गतिशील रुपमा अगाडि बढ्नेछ ।’’ पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

 

सम्बन्धित समाचार