एकीकृत समाजवादीको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई शर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ । आज (मंगलबार) केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले शर्त सहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग प्रमुख एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । खतिवडाले बैठकले सर्तसहित समर्थन गर्ने भन्ने निर्णय गरेको बताउँदै तत्काल अहिले विश्वासको मत दिने आफ्ना एजेन्डाहरू पनि राखिने बताए ।



खतिवडाले समर्थन दिए पनि पार्टीले राष्ट्रियता, सुशासन एवम् बिग्रँदै गएको अर्थतन्त्र, राष्ट्रिय स्वाभिमान र यसको संवेदनशीलताको सन्दर्भमा संसदमा प्रतिपक्षीको रुपमा आवाज उठाउने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

सम्बन्धित समाचार