प्रतिनिधिसभाको बैठक – LIVE

प्रधानमन्त्रीले विश्वासको मत लिँदै

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (मंगलबार) बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन् । यही पुस १० नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।



प्रधानमन्त्री प्रचण्डलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वास मत लिन १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

भिडियो –

भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार