फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा हरि पात्रबाट ‘ह्यारी’ बनेका व्यक्तिको सङ्घर्षलाई देखाइएको हो । डाक्टर कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा कलाकार जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार विजय बराललाई मुख्य भूमिकामा देख्न सकिनेछ ।



सुदीप बरालको छायाङ्कन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन रहेको छ । बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्म नेपालीसहित हिन्दी, बङ्गाली, पन्जाबी र मराठी भाषामासमेत प्रदर्शन हुने बताइएको छ । फिल्म माघ २० गते रिलिज हुनेछ ।

ट्रेलर –

 

सम्बन्धित समाचार