लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । आज (बुधबार) लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गिरी नियुक्त भएका हुन् ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको धारा १६८ को उपधारा (२) बमोजिम गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । गिरीलाईनेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको साथ रहेको छ ।



८७ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ  ।

सम्बन्धित समाचार