नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जमकट्टेलबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा प्रदेश सरकार विस्तार र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै भेटमा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्रीमा नियुक्त भएकोमा जमकट्टेललाई बधाई तथा शुभकामना दिएका थिए ।
नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हुन् । जम्मकट्टेल माओवादी केन्द्र, एमाले, राप्रपा, नेकपा एस र हाम्रो नेपाली पार्टीको समर्थनमा गत सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।