मलाइका अरोरा काठमाडौंमा

बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छन् । उनी आज (बिहीबार) बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिनका लागि उनी काठमाडौँ आएकी हुन् । नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग आयोजना गर्न लागेको कार्यक्रममा भाग लिनका लागि उनी काठमाडौं आइपुगेकी हुन् ।



पुस २९ देखि १ माघसम्म हुने एक्स्पोमा मलाइका नेपाली पोशाक र गरगहनाका साथ र्‍याम्पमा उत्रिने छिन् । उनले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको प्रतिक्रिया दिइन् । एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चल्नेछ ।

सम्बन्धित समाचार