नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनको आदेशले शुक्रबार छुट्ने भएका छन् । उनलाई २० लाख घरौटी राखी छोड्ने आदेश दिइएको हो ।
विहीबार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
उच्च अदालत पाटनले पीडितको बकपत्र भइसकेको भन्दै दबाब वा प्रभावमा पार्ने अवस्था नरहेको जिकिरसहित सन्दीप लामिछानेलाई ससर्त धरौटी तोकेको छ । आदेशमा लामिछाने मानसिक रूपमा तनावको अवस्थाबाट गुज्रिरहेको विषयलाई पनि ध्यानमा राखिएको उल्लेख छ ।
मुद्दाको किनारा नलागेसम्म लामिछाने देश छाड्न पाउने छैनन् भने अन्य सर्तहरूको पनि पालना गर्नुपर्ने छ ।