नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।
नेपाल प्रहरीका २४ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको काज सरुवा गरिएको छ । गृह मन्त्रालयले २४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको काज सरुवा गरेको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले २४ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेका हुन् । जसमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी दानबहादुर कार्की र डा मनोज कुमार केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बहादुर बोहरालाई प्रहरी प्रधान कार्यालय स्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा सरुवा गरिएको छ । त्यसैगरी, जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा एसएसपी सिद्धिविक्रम शाहको सरुवा गरिएको छ भने मानव बेचबिखन ब्यूरोमा जीवनकुमार श्रेष्ठ सरुवा भएका छन् ।
को कहाँ पुगे ?