मधेश प्रदेशका मुख्यमन्त्री यादव र ३ मन्त्रीले लिए शपथ, को-को भए मन्त्री ? (सूचीसहित)

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । आज (शुक्रबार) मधेस भवनमा आयोजित एक कार्यक्रममा कार्यक्रममा मुख्यमन्त्री यादवले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ खुवाएका हुन् । शपथ लगत्तै उनले ३ मन्त्री पनि नियुक्त गरेका छन् । मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज कुमार यादव, जनता समाजवादी पार्टीबाट सञ्जयकुमार यादव र जनमत पार्टीबाट बसन्त कुशवाहालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।



मधेश प्रदेशका मुख्यमन्त्री यादव र ३ मन्त्रीले लिए शपथ, को-को भए मन्त्री ?

उनीहरुको मन्त्रालय भने तोकिएको छैन । तीन मन्त्रीले पनि आजै प्रदेश प्रमुख मिश्रबाट शपथ लिएका छन् । मुख्यमन्त्री यादवले भोजपुरीमा तथा मन्त्रीहरुले मधेशी भाषमा शपथ लिएका हुन् । मुख्यमन्त्री यादव एमालेका २३, जसपाका १६, जनमत १३, माओवादी केन्द्रका ७, राप्रपा १, नागरिक उन्मुक्ति पार्टी १ र स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्धप्रसाद सिंह यादवको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

१०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ जना सांसद आवश्यक हुन्छ । मधेश प्रदेश सभामा कुनै एक दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि दाबी पेश गर्नका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २२ गते मुख्यमन्त्री सहितको सरकार गठनको लागि दाबी पेश गर्नका लागि आव्हान गरेका थिए ।

 

सम्बन्धित समाचार