एस्टन भिल्ला विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला विजयी भएको छ । शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई २-१ ले पराजित गरेको हो ।

एस्टन भिल्लालाई जित दिलाउन लियोन बेली र ईमी बुएन्डियाले समान १-१ गोल गरे भने लिड्स युनाईटेडका लागि प्याट्रिक बामफोर्डले एक गोल फर्काए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको तेस्रो मिनेटमा बेलीले गोल गर्दै एस्टन भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले समान १-१ गोल गरे ।



त्यस्तै खेलको ६४ औं मिनेटमा ईमीले गोल गर्दा एस्टन भिल्लाको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८३ औं मिनेटमा लिड्स युनाईटेडका लागि बामफोर्डले गोल गरेपनि त्यो ढिलो भइसकेको थियो र खेल एस्टन भिल्लाले २-१ ले आफ्नो पक्षमा पार्यो । जितसँगै एस्टन भिल्ला १९ खेलमा २५ अंक जोड्दै अंक तालिकाको ११ औं स्थानमा छ भने १७ अंक जोडेको लिड्स युनाईटेड १४ औं स्थानमा रहेको छ ।

 

 

 

सम्बन्धित समाचार