सरकारद्वारा पोखरा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय

दुर्घटनाको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन

सरकारले पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनाको विषयमा छानबिन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ समिति गठन गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पोखरा विमान दुर्घटनाको शोकमा भोलि (माघ २) गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको जानकारी दिए ।



‘ बैठकले घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ’ अर्थमन्त्री पौडेलले भने ।

 

सम्बन्धित समाचार