नेपालले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक एकदिवसीय सिरिजको तालिका सार्वजनिक (तालिकासहित)

आईसीसी विश्वकप लिग -२ अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले तालिका सार्वजनिक गरेको हो ।

त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालसहित स्कटल्याण्ड र नामिबिया रहेका छन् । उक्त त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज आगामी फेब्रुअरीमा हुनेछ । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । नेपालले पहिलो खेल फेब्रुअरी १४ मा नामिबियासँग, दोस्रो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध फेब्रुअरी १८ मा र चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।



नेपाल २४ खेलमा १८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३० खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ ।

यस्तो छ तालिका :

यस्तो छ तालिका :

सम्बन्धित समाचार