विमान दुर्घटनामा परी गायिका छन्त्यालको निधन

यति एयरको विमान दुर्घटनामा परी लोकदोहोरी गायिका रिना छन्त्यालको निधन भएको छ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा उनको निधन भएको हो ।

विशेषगरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालले ‘माइतलीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारङ्गीनी’, ‘फल केसरी’ लगायत दर्जनौँ गीतमा स्वर दिएकी छन् ।



माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा भाग लिन उनी पोखरा गएकी थिइन् । माघे सङ्क्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा निधन भएको उनको परिवारले पुष्टि गरेको छ ।

 

सम्बन्धित समाचार