सत्ता साझेदार दलको बैठकले टुंगो लगायो मन्त्रालयको भागवण्डा, कुन दललाई कति ?

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागवण्डाको टुङ्गो लगाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले मन्त्रालय भागवण्डाको टुङ्गो लगाएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको जानकारी दिए । त्यस्तै उनले उहाँले भागवण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको र नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको जानकारी दिए ।



‘कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको छ, तर भोलि आ–आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुन्छ । भोलि नै सपथ ग्रहण कार्यक्रम हुनेछ’ गृहमन्त्री लामिछानेले भने ।

जसमा एमालेले ८ वटा मन्त्रालय पाउँद नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री सहित ४ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले समान ३्-३ वटा मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा)ले २ र जनमत पार्टीको भागमा एक मन्त्रालय परेको छ बालुवाटार स्रोतले बताएको छ । त्यस्तै माओवादी केन्द्र, रास्वपा र राप्रपाले समान १-१ राज्यमन्त्री पनि पाउनेछन् ।

यस अघि सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै पाँच घण्टा लामो वार्ता भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भएको हो ।

 

सम्बन्धित समाचार