नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ माघ ।
नेकपा (एमाले) निकट विद्यार्थी संगगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २–४ मा काठमाडौँमा हुँदै छ । आगामी अध्यक्षका लागि तीनजना मुख्य दाबेदार रहेका छन् । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष लोकेश निरौला र महासचिव समिक बडाल भावी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन् ।
तीनैजना २०औँ महाधिवेशन जनकपुरबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । २०औँ महाधिवेशनअघि २०६७ मा भएको काठमाडौँ क्याम्पस जिल्ला कमिटीको अध्यक्षमा लामिछाने र निरौलाले प्रतिष्पर्धा गरेका थिए, जहाँ निरौला निर्वाचित भएका थिए । २२औँ राष्ट्रिय महाधिवेशन काठमाडौंबाट लामिछाने र बडाल सचिवमा निर्वाचित भएका थिए भने निरौला सचिवालय सदस्यमा निर्वाचित थिए ।
२०६२ को स्ववियु निर्वाचनमा बानेश्वर क्याम्पस, बानेश्वरमा नविना लामा सभापतिमा निर्वाचित हुँदा निरौला उपसभापतिमा निर्वाचित भएका थिए भने सोही निर्वाचनमा त्रि(चन्द्र क्याम्पसमा बडाल स्ववियु सदस्यमा निर्वाचित भएको थिए ।
उपाध्यक्षहरू मोती विक, वाङ्छु योञ्जन, उमेश आचार्य, झपीन्द्र खत्री र कल्पना वाइवा समेत अध्यक्षका आकाङ्क्षी रहेका छन् ।