प्रतिनिधिसभा बैठक – LIVE

सभामुख पदको निर्वाचन प्रक्रिया सुरु

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बिहीबार) बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु भएको हो ।

आजको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।



सभामुख पदका लागि सत्ता साझेदार दलबाट देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने सभामुख पदका लागि प्रतिस्पर्धामा रहेका छन् । घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे छन् भने न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस सांसद रमेश लेखक र एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् ।

आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने र मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

भिडियो –

भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

 

सम्बन्धित समाचार