प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ गते

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकले उपसभामुखको निर्वाचन यही माघ ७ गते गर्ने निर्णय गरेको हो ।

बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उपसभामुखको निर्वाचन यही माघ ७ गते हुने जानकारी गराएका हुन् । त्यस्तै सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई उपसभामुखको निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिएको छ ।



सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ ।

सम्बन्धित समाचार