लिभरपुल र चेल्सीले बराबरी खेल्दा वेस्ट ह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेल्दा वेस्ट ह्यामले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका हुन् भने वेस्ट ह्यामले एभर्टनलाई २-० ले पराजित गरेको हो ।

एनफिल्डमा भएको खेलमा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । यद्यपि दुबै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फालेका थिए ।



लिभरपुल र चेल्सीले बराबरी

त्यसअघि खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गरेपनि भीएआरले त्यसलाई अफसाइड देखाएको थियो । बराबरीसँगै लिभरपुल १९ खेलमा २९ अंक जोड्दै आठौं स्थानमा छ भने २० खेलमा २९ अंक जोडेको चेल्सी १० औं स्थानमा रहेको छ ।

त्यसैगरी इंग्लिस प्रिमियर लिग अन्तर्गत नै शनिबार भएको अर्को खेलमा वेस्ट ह्यामले एभर्टनलाई २-० ले पराजित गरेको छ । वेस्ट ह्यामलाई जित दिलाउन दुबै गोल जारोड बोवेनले गरे । खेलको ३४ औं मिनेटमा जारोडले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ४१ औं मिनेटमा जारोडले गोल गर्दै वेस्ट ह्यामलाई २-० को सहज जित दिलाए ।

वेस्ट ह्याम

जितसँगै वेस्ट ह्याम १८ अंक जोड्दै १५ औं स्थानमा रहेको छ भने १५ अंक जोडेको एभर्टन रेलिगेसन क्षेत्रमा रहेको छ । यसैगरी प्रिमियर लिग अन्तर्गत नै शनिबार राति भएको अन्य खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १-० ले पराजित गर्दा ब्राइटन र लेस्टर सिटीले २-२ गोलको बराबरी र क्रिस्टल प्यालेस र न्युकासल युनाईटेडले गोल रहित बराबरी खेलेका छन् ।

 

सम्बन्धित समाचार