आर्सनल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । आइतबार राति भएको खेलमा लिग लिडर आर्सनलले म्यानचेस्टर युनाईटेडलाई ३-२ ले पराजित हो ।

इमिरेट्स स्टेडियममा भएको निकै रोमान्चक खेलमा खेलको १७ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै म्यानचेस्टर युनाईटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको २४ औं मिनेटमा आर्सनलका एड्डी एनकेटीहले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा खेलको ५३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए ।



म्यानचेस्टर युनाईटेड

तर, खेलको ५९ औं मिनेटमा म्यानचेस्टर युनाईटेडका लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा इन्जुरी समयमा एनकेटीहले गोल गर्दै आर्सनललाई ३-२ को रोमान्चक जित दिलाए । जितसँगै आर्सनल १९ खेलमा ५० अंक जोड्दै शीर्ष स्थानमा छ भने २० खेलमा ३९ अंक जोडेको म्यानचेस्टर युनाईटेड चौंथो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार