उपसभामुख इन्दिरा राना पार्टीको जिम्मेवारीबाट अलग

नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छिन् । आज (सोमबार ) एक प्रेस विज्ञप्ति जारी गर्दै नवनिर्वाचित उपसभामुख रानाले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

रानाले पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएकी हुन् । ‘यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पूर्ण राजनीतिक तथा सांगठिनक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु’ उपसभामुख रानाले भनेकी छिन् ।



शनिबार भएको उपसभामुखको निर्वाचनमा रानाको पक्षमा १६६ मत प्राप्त भएको थियो भने विपक्षमा ९७ मत परेको थियो । निर्वाचनमा एक जनाले भने मत दिएका थिएनन् ।

 

सम्बन्धित समाचार