नेपाल टी–२० लिग म्याच फिक्सिङ : महबुब आलम र आदिल अन्सारी पक्राउ

नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउमा परेका छन् । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

दुई मध्ये एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको सिआइबी स्रोतले जनाएको छ । गत पुसमा काठमाडौँमा उक्त लिग भएको थियो । त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइबीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो ।



अनुसन्धान टोलीले अनुसन्धान सकेको र मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिएको सिआइबीका एक प्रहरी अधिकृतले जानकारी दिए ।

सम्बन्धित समाचार