नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । आज (मंगलबार) नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ भने दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्दैछ ।
आज दिउँसोका लागि बोलाइएको छ । दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी राष्ट्रिय सभाको बैठक बोलाइएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यसूची रहेको संसद् सचिवालायेले जनाएको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस हुने, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।