टोटेनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम विजयी भएको छ । सोमबार राति भएको खेलमा टोटेनह्यामले फुलहमलाई १-० ले पराजित गरेको हो ।

टोटेनह्यमलाई जित दिलाउन ह्यारी केनको निर्णायक गोलनै पर्याप्त रह्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा दुबै टोलीबाट गोल भएन र खेल टोटेनह्यामले १-० ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक प्राप्त गर्यो ।



यद्यपि दोस्रो हाफमा दुबै टोलीले केही गोल गर्ने सुन्दर अवसर खेर फालेका थिए । टोटेनह्यामका लागि केनको यो २६६ औं गोल हो । उनले टोटेनह्यामका लागि अल टाइम टप स्कोरर रहेका जिमि ग्राभेसको रेकर्ड बराबरी गरेका छन् । जितसँगै टोटेनह्याम २१ खेलमा ३६ अंक जोड्दै पाँचौं स्थानमा छ भने ३१ अंक जोडेको फुलहम सातौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार