नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।
मंगलबार बाजुराको मौला आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ भने २५ घरमा क्षति पुगेको छ ।
बाजुरामा ढुङ्गाले लागेर घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् ।
घाँस ल्याएर घर फर्किने क्रममा ढुङ्गाले टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।
भूकम्पबाट २५ घरमा क्षति
बाजुराको स्वामीकार्तिक गाउँपालिकको मौला केन्द्रबिन्दु भइ मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५.९ रेक्टरको भूकम्पबाट जिल्लाका विभिन्न ठाउँमा गरी २५ घरमा क्षति पुगेको छ । भूकम्पबाट एकजना घाइते भएका छन् । भूकम्पबाट गौमुल गाउँपालिका–१ अम्लिसका रामदल बोहरा घाइते भएका छन् ।
भूम्कपबाट बडिमालिका नगरपालिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिकामा विभिन्न व्यक्तिका घरमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकरी दिएका छन् । भूकम्पपछि जिल्लाको टेलिफोन सेवा समेत अवरुद्ध छ ।
यो पनि पढ्नुस: