बायर्न म्युनिखले बराबरी खेल्यो

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बायर्न म्युनिखले एफसी कोल्नसँग १-१ गोलको बराबरी खेलेको हो ।

बायर्न म्युनिखका लागि जोसुवा किमिचले गोल गरे भने एफसी कोल्नका लागि एल्यस स्खिरीले गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको चौंथो मिनेटमा एल्य्स स्खिरीले गोल गर्दै कोल्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा बायर्न म्युनिखले एक गोल गर्यो ।



खेलको ९० औं मिनेटमा बायर्न म्युनिखका जोसुवा किमिचले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकिँदै दुबै टोलीले अंक बाँडे । बराबरीसँगै बायर्न म्युनिख १७ खेलमा ३६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने २१ अंक जोडेको कोल्न दशौँ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार