बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री ?

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज (बुधबार) बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

बागमती प्रदेशमा मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो । नव नियुक्त मन्त्रीहरू कुमारी मोक्तान, युवराज दुलाल, गङ्गानारायण श्रेष्ठ, केशवप्रसाद पोखरेल, एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, डम्बरबहादुर तामाङ र राजु बिष्ट रहेका छन् ।



मोक्तानलाई सामाजिक विकास मन्त्रालय, दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र बिष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै विना विभागीय मत्री उद्धव थापालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको कार्यभार तोकिएकामा यसअघिनै जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार तोकिएको थियो ।

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत पुस २६ गते मुख्यमन्त्री जमकट्टेलको नेतृत्वमा तीन सदस्यीय मन्त्री मन्त्रिपरिषद् गठन गरिएको थियो । नवनियुक्त मन्त्रीहरुले आजै आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हालेको बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार