बार्सिलोना सेमिफाइनलमा

रियल सोसिडाडलाई पराजित गर्दै स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडमाथि १-० को जित निकाल्दै बार्सिलोना अन्तिम चारमा प्रवेश गरेको हो ।

बार्सिलोनाको लागिओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोखेलमा दोस्रो हाफमा बार्सिलोनाले एक गोल गरेको थियो । खेलको ५२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।



त्यसपछि थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल बार्सिलोनाले १-० ले आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । त्यसअघि खेलको ४० औं मिनेटमा रियल सोसिडाडका ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो । त्यस्तै ओसासुना पनि स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सेभियालाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै ओसासुनाले अन्तिम चारमा स्थान पक्का गरेको छ ।

सम्बन्धित समाचार