रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गुम्यो (फैसलाकाे पूर्णपाठ)

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको हो ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो ।



गृहमन्त्री लामिछाने मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको संबैधानिक इजलासले सुनुवाइ गरेका थिए । फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिलहबिच छलफल भइरहेको छ ।

यस्तो छ फैसलाकाे पूर्णपाठ :

सम्बन्धित समाचार