म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा

म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा आर्सनललाई १-० ले पराजित गर्दै म्यानचेस्टर सिटी पाँचौं चरणमा प्रवेश गरेको हो ।

म्यानचेस्टर सिटीलाई पाँचौं चरणमा प्रवेश गराउन नाथन एकेको गोलनै पर्याप्त रह्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा म्यानचेस्टर सिटीले एक गोल रह्यो ।



खेलको ६४ औं मिनेटमा एकेले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र खेल म्यानचेस्टर सिटीले १-० ले आफ्नो पक्षमा पार्यो । यद्यपि दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फालेका थिए । यता म्यानचेस्टर सिटीसँग पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ ।

 

सम्बन्धित समाचार