बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १-० ले पराजित गरेको हो ।

बार्सिलोनाको जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा बार्सिलोनाले एक गोल गर्यो । खेलको ६१ औं मिनेटमा जोर्डी अल्बाको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।



त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र पेड्रीको गोल्नै बार्सिलोनालाई जित दिलाउन पर्याप्त रह्यो । जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोड्दै शीर्ष स्थानमा छ भने २१ अंक जोडेको जिरोना तालिकाको १२ औं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार