रवि लामिछाने नागरिकता लिने प्रक्रियामा, आज जिल्ला प्रशासन कार्यालय जाने

रवि लामिछानेले नागरिकता लिने प्रक्रियामा रहेका छन् । आज (आइतबार) बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका हुन्।

नागरिकता प्रमाणपत्रको लागि चाहिने सम्पूर्ण कागजात सहित उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ जना लागेको एक स्रोतले बताएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा नगरेका भन्दै सर्वोच्च अदालतले शुक्रबार उनको सांसद पद बदर गरिदिएको थियो ।



लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन जान लागेका हुन् ।

 

 

सम्बन्धित समाचार