रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासनमा

रवि लामिछानेले नागरिकता लिने प्रक्रियाको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् । आज (आइतबार) बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगी उनले नेपाली नागरिकताको प्रमाणपत्र लिनेछन् ।

नागरिकता प्रमाणपत्रको लागि चाहिने सम्पूर्ण कागजात सहित उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका हुन् । लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा नगरेका भन्दै सर्वोच्च अदालतले शुक्रबार उनको सांसद पद बदर गरिदिएको थियो ।



लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन गएका हुन् ।

 

सम्बन्धित समाचार