लिभरपुल बाहिरियो

ब्राइटनसँग पराजित हुँदै साविक विजेता लिभरपुल एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा ब्राइटनले लिभरपुलमाथि २-१ को निकालेको हो ।

खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल चौंथो चरणबाट बाहिरिएको हो । खेलको ३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेलको ३९ औं मिनेटमा ब्राइटनका लेविस डुन्कले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।



त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २-१ को जित दिलाए । जितसँगै ब्राइटन पाँचौं चरणमा प्रवेश गरेको छ भने लिभरपुल प्रतियोगिताबाट बाहिरिएको छ ।

 

 

सम्बन्धित समाचार