क्यान बोर्ड बैठक बस्दै, नेपाल टी-२० लिग र सन्दीपको निलम्बन फुकुवा मुख्य एजेन्डा

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक बस्दैछ । आज (मंगलबार) पोखरामा नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक बस्न लागेको हो ।

बैठकमा १७ वटा एजेन्डामा छलफल हुने क्यानले जनाएको छ । त्यसमा सबैभन्दा मुख्य एजेन्डा भने नेपाल टी-ट्वान्टी लिग प्रतियोगिता र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा रहेको छ । क्यानका ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि क्यानको बोर्ड बैठक बस्न लागेको हो ।



त्यस्तै बैठकमा राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा, राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गठन गरेको कार्यदलको रिपोर्ट र राखेपको निर्देशनबारे, नेपालमा प्रस्तावित एसियन प्रिमियर कप, नेपाल स्पोर्ट्स एन्ड एभेन्ट्स म्यानेजमेस्टले प्रस्ताव गरेको टी-१० र टी-२० क्रिकेट लिग, फ्रेञ्चाइज क्रिकेट लिगका लागि बनाइने कार्यविधिलगायतका विषयमा बोर्ड बैठकमा छलफल हुनेछ ।

बोर्ड बैठकमा छलफल हुने विषयहरु

बोर्ड बैठकमा छलफल हुने विषयहरु

सम्बन्धित समाचार