फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार फिल्म ‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको छ भने राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार फिचर्ड छन् । गीतमा गाउँको चुनावको मोहोल देखाइएको छ ।



नरेन्द्र मैनालीको छायांकन रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । दीपकराज गिरीको कथा तथा पटकथा रहेको फिल्मको निर्देशन हेमराज बीसीले गरेका हुन् । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा निर्माण भएको फिल्म आगामी फागुन १९ गतेदेखि रिलिज हुँदैछ ।

भिडियो –

 

सम्बन्धित समाचार