परीक्षा सह–नियन्त्रकमाथि भएको आक्रमणको संघद्वारा भत्सर्ना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक सह–प्राध्यापक डा.घनश्याम ठाकुरमाथि माघ १७ गतेका दिन कार्यालय हाताभित्रै कुनै अराजक झुण्डले अमानवीय तरिकाले गरेको आक्रमण तथा अभद्र व्यवहारप्रति एक विज्ञप्ति प्रकाशित गरी त्रिभुवन विश्वविद्यालय.प्राध्यापक संघ, केन्द्रीय समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका सभापति वसन्त ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ– ‘विश्वविद्यालयका विषयहरू वार्ता तथा छलफल मार्पmत समाधान हुनुपर्ने ठाउँमा विभिन्न उद्देश्य राखी आफ्ना माग पूरा गराउन सह–नियन्त्रक डा. ठाकुरमाथि भौतिक आक्रमण गर्नु अपराधिक क्रियाकलापबाहेक केही हुन सक्देैन । पछिल्लो समयमा यस्ता घटनाहरू निरन्तर जसो घटिरहनुले विश्वविद्यालयको शैक्षिक वाताबरण बिग्रदै गैरहेको देखाउछ । यस्ता घटनाहरूका कारण आम प्राध्यापकहरूले आफ्ना शैक्षिक गतिविधिहरू निर्भयका साथ संचालन गर्न असमर्थ हुदै जाने वातावरणको बिकास गर्दछ ।’



अगाडि भनिएको छ– ‘प्राध्यापक तथा बिद्यार्थीहरू एक अर्काका परिपूरक हुन् भन्ने सर्वमान्य सिद्धान्तलाई धज्जी उडाउने गरी जो कोहीबाट पनि हुने यस्ता अवाञ्छित गतिविधिहरूलाई त्रिवि प्राध्यापक संघ प्रष्ट रूपमा घोर भत्सर्ना गर्दछ । यस्ता घटनाहरू दोहोरिन नदिन बर्तमान त्रिवि प्रशासन समयमै सचेत रहन र दोषीको पहिचान गरी कानुन बमोजिम कारवाहीका लागि सम्बन्धित निकायसमक्ष त्रिवि प्राध्यापक संघ जोडदार माग गर्दछ ।’

विज्ञप्ति-

विज्ञप्ति

 

 

सम्बन्धित समाचार