नेपाल बंगलादेशसँग पराजित

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा नेपाल ३-२ ले पराजित भएको हो ।

बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले समान १-१ गोल गरे भने नेपालका मनमाया दमाइले एक गोल गरिन् । खेलको तेस्रो मिनेटमा खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।



त्यस्तै खेलको १३ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन् । तर खेलको २४ औं मिनेटमा नेपालकी मनमायाले गोल गर्दै खेललाई २-१ को स्थितिमा रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा रिपाले गोल गर्दै बंगलादेश ३-१ को जित दिलाइन् । जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक प्राप्त गरेको छ भने नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग र अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

सम्बन्धित समाचार