एट्लेटिको मड्रिड बराबरीमा रोकियो

२२ माघ स्पेनिस ला लिगा फुटबलमा गेटाफेले एट्लेटिको मड्रिड बराबरीमा रोकेको छ । शनिबार राति भएको खेमा गेटाफे एट्लेटिको मड्रिडलाई १-१ गोलको बराबरीमा रोकेको हो ।

एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ६० औं मिनेटमा एन्जल कोरेयाले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । तर, खेलको ८३ औं मिनेटमा गेटाफेका इनेस उनलले पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।



त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकिएको हो । यद्यपि दुवै टोलीले केही गोल गर्ने अवसर भने खेर फालेका थिए । बराबरीसँगै एट्लेटिको मड्रिड २० खेलमा ३५ अंक जोड्दै चौंथो स्थानमा छ भने १८ अंक जोडेको गेटाफे १९ औं स्थानमा रहेको छ ।

 

 

सम्बन्धित समाचार