जर्मनीमा नेपाली कला, संस्कृति प्रवर्द्धन गरिने

नेपाली कला, संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि जर्मनीको बर्लिनमा विशेष कार्यक्रम हुने भएको छ । नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को सहकार्यमा हुने कार्यक्रममा प्रवासमा रहेर कला, संस्कृतिमा योगदान पु¥याउने विशिष्ट स्रष्टा, कलाकर्मी, साहित्यकार लगायतलाई समान दिइने डेल्फिक नेपाल अध्यक्ष श्रीदेव विएलले जानकारी दिए ।

‘नेपाली चलचित्रको छनोट गरी विश्वका विभिन्न राष्ट्रमा नियमितरुपमा प्रचारप्रसार र प्रदर्शन गर्न वैकल्पिक बजार खोज्ने, प्रवद्र्धनका लागि विभिन्न महोत्सव आयोजना गर्ने बारेसमेत छलफल गरेका छौँ’, अध्यक्ष विएलले भने ।



छलफलमा डेल्फिक नेपालका सचिव सूर्यबहादुर रास्कोटी, इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, इनास युकेका अध्यक्ष विनोद चिपालु, लेखक÷निर्देशक सनमकुमार वैराग, विकास देवकोटा, कानुन व्यवसायी टम अधिकारी, सिम्मी पुनलगायत सहभागी थिए ।

सम्बन्धित समाचार