बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३-० ले पराजित गरेको हो ।

एकतर्फी बनेको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा, गाभी र राफिन्हाले समान १-१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गरेको हो । खेलको ५८ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७० औं मिनेटमा गाभीले गोल गर्दा टोलीको अग्रता दोब्बर बनाए ।



त्यसपछि खेलको ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए । जितसँगै बार्सिलोनाले २० खेलमा ५३ अंक जोड्दै शीर्ष स्थानमा छ भने २१ अंक जोडेको सेभिया १६ औं स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार