नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा देशाई नियुक्त

नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त भएका छन् । सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले मुख्य प्रशिक्षकमा देशाईलाई नियुक्त गरेको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्गतको मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई नियुक्त गएको हो । करिव एक साता अघि नेपाल आएका देशाईलाई खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृत दिएपछि मात्र सोमबार देशाईलाई नियुक्त गरेको क्यानले जनाएको छ ।



यसअघि देशाईले सन् २०१७ मा नेपाली यु–१९ टोलीको ब्याटिङ कन्सल्ट्यान्ट समाल्हेका थिए । त्यसअघि उनले सन् २०१४ को आइसीसी टी ट्वान्टी विश्वकप छनोटको क्रममा राष्ट्रिय क्रिकेट टोलीको लागि काम गरेका थिए ।

त्यसैगरी देशाई पछिल्लो तीन वर्ष वेस्टइन्डिजमा ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । उनले सन् २०१९ देखि २०२२ को डिसेम्बरसम्म वेष्टइन्डिजमा काम गरेका हुन् । यसअघि क्यानले मुख्य प्रशिक्षको लागि खुला आवेदन गरेको थियो । जसमा २४ जनाले प्रशिक्षक सहभागी थिए । त्यसमध्ये क्यानले अन्तिम चरणमा पाँच प्रशिक्षकको नाम सार्वजनिक गरी अन्तर्वार्ता लिएको थियो ।

यसअघि मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन भएको थियो । घरेलु मैदानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा नेपाल रहेको छ । जसमा देशाईले नेपाली टोलीलाई प्रशिक्षण दिनेछन् । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने उक्त प्रतियोगितामा आगामी फागुन २ गतेदेखि सुरु हुनेछ ।

 

सम्बन्धित समाचार