करिश्मा मानन्धरले दिइन् खनालविरुद्ध साइबर ब्युरोमा उजुरी

अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले एक अन्तरवार्तामा करिश्मा लिभिङ टुगेदरमा बसेको बताएका थिए ।

मानन्धरले खनालको यो अभिव्यक्तिले आफ्नो मानमर्दन भएको भन्दै उजुरी दिएको बताएकी छिन् । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार करिश्माले दिएको उजुरी मंगलबार दर्ता भएको बताउँदै विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गरिएको जानकारी दिए ।



‘कुनै आधार र प्रमाणबिना मलाई विभिन्न लाञ्छना लगाइन्छ भने म त्यो सहेर बस्न सक्दिन’ करिश्माले भनिन् । त्यस्तै करिश्माले सामाजिक सञ्जाल फेसबुकमा खनालविरुद्ध आक्रोश पोखेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘उहाँ को हो ? यो अत्ति भयो । भन्नुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ?’

 

 

सम्बन्धित समाचार